जनार्दन मैनाली पत्रकारिता पुरस्कार अधिकारीलाई

विराटनगर २५ असोज । जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पत्रकार रामचन्द्र अधिकारीलाई प्रदान गरिएको छ ।

प्रेस चौतारी मोरङले हरेक वर्ष प्रदान गर्दै आईरहेको पुरस्कार यस वर्ष अधिकारीलाई प्रदान गरिएको हो । पुरस्कारको राशी १५ हजार ५ सय रुपैयाँ रहेको छ । पत्रकार अधिकारीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुरस्कार वितरण गर्नु भएको थियो ।

पत्रकार अधिकारी वातावरण पत्रकारिताको क्षेत्रमा परिचित हुनुहुन्छ । वातावरण सम्वन्धि उहाँका लेखरचनाहरु विभिन्न राष्ट्रिय सञ्चार माध्यमहरुमा प्रकाशित हुँदै आएका छन् । पुरस्कार वितरण समारोहमा प्रेस चौतारीका केन्द्रीय सचिव विक्रम लुइँटेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सचिव देवेन्द्र कार्की लगायतले बोल्नु भएको थियो ।

जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कारबाट यसअघि दीपेन न्यौपाने,महेन्द्र विष्ट, नरेन्द्रप्रसाद दाहाल, ललिता भट्टराई, केदार चौहान, धर्म ढकाल, बन्धु पोखरेल, विक्रम लुइँटेल,गणेश लम्साल, भूपेन्द्र तिम्सीना, कमल रिमाल, जगन्नाथ भट्टराई, तेजेन्द्र भण्डारी लगायत पुरस्कृत भईसक्नु भएको छ ।