सफारी र अटो चालकहरुसंग मानव वेचखिन तथा ओसार पसार विरुद्ध अभिमुखिकरण

विराटनगर १५ असोज । विराटनगर सीमा क्षेत्रमा सञ्चालित सफारी र अटो चालकहरुसँग माईती नेपालले आज मानव वेचखिन तथा ओसार पसार विरुद्ध अभिमुखिकरण गरेको छ ।

सीमा क्षेत्रमा सवारी चलाउदै गर्दा कस्ता खालको व्यक्तिलाई शंका गर्न सकिन्छ र शंका लागेमा कहा सम्पर्क गर्ने जस्ता कुराहरुमा छलफल गरिएको माईती नेपाल विराटनगरका संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । शंकालागेमा डिउटीमा खटिएको प्रहरीहरुसंग सम्पर्क र समन्वय गर्ने र प्रहरीले पुर्णरुपमा सहयोग गर्ने अभिमुखीकरणमा सहभागि वरिष्ठ सई रुपेश थपलियाले बताउनुभयो । सवारी चालकहरुले पनि सीमाक्षेत्र वरीपरी सवारी चालाउदा आफूहरु पुर्ण सचेत भएर गर्ने र अवैध कार्यमा कुनै संलग्नता नराख्ने कुरामा जोड दिएका थिए ।

इलाका प्रहरी कार्यालय रानीसँगको समन्वयमा माईती नेपाल विराटनगरले आयोजना गरेको अभिमुखीकरणमा २० जना सवारी चालकको सहभागिता रहेको थियो ।