एमालेबाट मोरङमा तीन पालिका प्रमुख सहित चार दर्जन वडाध्यक्षका उम्मेदवार सर्वसम्मत

महेन्द्र विष्ट

विराटनगर, २ वैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले मोरङका १७ वटा स्थानीय तहका झण्डै चार दर्जन वडाध्यक्ष र दुईवटा पालिका प्रमुखको उम्मेद्वार सर्वसम्मत रुपमा छनौट गरेको छ ।

मोरङको रङ्गेली नगरपालिकाको प्रमुखमा दिलीप बगडिया, जहदा गाउँपालिकाको प्रमुख कृष्ण गिरी (जयनरथ), उपप्रमुखमा आशा सोरेन र धनपालथान गाउँपालिकाका अध्यक्षमा मुसहरु मण्डललाई उम्मेद्वार बनाउने निर्णय सर्वसम्मतरुपमा स्थानीय कमिटीले गरेको हो । रङ्गेलीका बगडिया सोही नगरका बहालवाला नगरप्रमुख हुन् । गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा माओबादी केन्द्रबाट उम्मेद्वार बनेर नगर प्रमुखमा निर्वाचित भएका बगडिया एक महिना अगाडि एमाले प्रवेश गरेका हुन् ।
धनपालथानका मुसरु मण्डल पनि गत २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट सोही पालिकाको अध्यक्ष पदका प्रत्यासी रहेको र करिव तीन सय मतान्तरले पराजित भएका हुन् । स्थानीय मतदाता बीच निकै लोकप्रिय छबी भएका मण्डललाई पुनः यस पटक पनि एमालेको स्थानीय कमिटीले सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
विराटनगर महानगर पालिकाका तीनवटा वडामा पनि यस अघि नै सर्वसम्मत रुपमा वडाध्यक्षका उम्मेद्वार छनौट भएका छन् । महानगरको वडा नं १० मा अर्जुन गिरी, वडा नं ११ मा तिर्थेन्द्र न्यौपाने र वडा नं १९ मा श्याम घिमिरे सर्वसम्मत छनौट भएका छन् । न्यौपाने बहालवाला वडाध्यक्ष हुन् भने गिरी र घिमिरे पनि गत २०७४ सालको स्थानीय निर्वाचनमा सोही वडाका वडाध्यक्ष पदका प्रत्यासी थिए ।

मोरङको केराबारी गाउँपालिकाले वडा नं १० बाहेक बाँकी सबै नौ वटै वडामा सर्वसम्मत रुपमा वडाध्यक्षको उम्मेद्वार छनौट गरेको छ । जसमा वडा नं १ मा शरण मगर, वडा नं २ मा प्रेम लिम्बु, वडा नं ३ मा रामचन्द्र शाही, वडा नं ४ मा इन्द्र राई, वडा नं ५ मा अजय सुब्बा, वडा नं ६ मा मेघराज राई, वडा नं ७ मा खगेन्द्र निरौला, वडा नं ८ मा टिकाराम चापागाई वडा नं ९ मा भीम कार्की सर्वसम्मत छनौट भएका छन् ।

रतुवामाई नगरपालिकाका ६ वटा वडा पनि सर्वसम्मत रुपमा वडाध्यक्षका उम्मेद्वारहरु छनौट भएका छन् । जसमा वडा नं ३ मा देबीलाल ताजपुरिया, वडा नं ५ मा रुपनारायण मिश्र, वडा नं ६ मा तुलाराम लुईटेल वडा नं ८ मा मानबहादुर लिम्बु, वडा नं ९ मा विनोदप्रसाद घिमिरे वडा नं १० मा देबीप्रसाद दाहाल सर्वसम्मत छनौट भएका छन् । सुनवर्षी नगरपालिका तीनवटा वडा मा पनि सर्वसम्मत भएको छ । जसमा वडा नं २ मा गोविन्द श्रेष्ठ, वडा नं ४ मा सुन्दर राजवंशी, वडा नं ६ मा कमल मुक्तान सर्वसम्मत भएका छन् । रङ्गेली नगरपालिकाको वडा नं ८ मा ढक प्रसाद आचार्य र वडा नं ५ मा महानन्द मण्डल सर्वसम्मत रुपमा वडाध्यक्षको उम्मेद्वार छनौट भएका हुन् ।

धनपालथान गाउँपालिकाको वडा नं १ मा किसनदेव साह, वडा नं २ मा पङ्कज मण्डल र वडा नं ६ मा भर राजवंशी सर्वसम्मत उम्मेद्वार भएका छन् । अन्य चारवटा वडा पनि सर्वसम्मत रुपमै उम्मेद्वार टुङ्गो लगाउन छलफल भइरहेको एमाले धनपालथान गाउँपालिका सचिव अजय साहले बताए ।

बूढीगंगा गाउपालिकाको वडा नं ५ मा शिवनारायण माझी, वडा नं ६ मा गोठलु गच्छदार सर्वसम्मतरुपमा अध्यक्ष पदको उम्मेद्वार छनौट भएका छन् । अन्य पाँचवटा वडा पनि सर्वसम्मत तरिकाले नै टुङ्गो लाग्ने जिल्लो सदस्य रिता न्यौपानेले बताइन ।
कानेपाखेरीको वडा नं २ मा शुशिल बुढाथोकी र वडा नं ६ मा खड्ग बस्नेत सर्वसम्मत छनौट भएका छन् । बुढाथोकी वहालवाला वडाध्यक्ष हुन् । त्यस्तै उर्लाबारी नगरपालिकाको वडा नं ६ मा घनश्याम भण्डारी, वडा नं ३ भीष्म बुढाथोकी, वडा नं १ मा तीलक पाण्डे सर्वसम्मत छनौट भएका छन् । पथरीशनिश्चरे नगरपालिकाको वडा नं ५ मा उमानाथ अधिकारी, वडा नं ४ मा प्रेम न्यौपाने र वडा नं ९ मा भानुभक्त राई सर्वसम्मत उम्मेद्वार छनौट भएका छन् । त्यस्तै बेलबारी नगरपालिकाको वडा नं २ मा कृष्ण गुरुङ र वडा नं ४ मा सुदीपकुमार वस्नेत, मिक्लाजुङ गाउँपालिकाका वडा नं ५ मा मनोज ढकाल र वडा नं ३ मा सन्तोष मगर सर्वसम्मतरुपमा वडाध्यक्षको उम्मेद्वार छनौट भएका छन् ।

बेलबारीको अन्य वडाहरुमा पनि सर्वसम्मतीका लागि छलफल भइरहेको एमाले बेलबारीका अध्यक्ष इरान राईले बताउनुभयो ।
आगामी वैशाख ७ गतेभित्रमा मोरङका १५९ वटै वडा र १७ वटै हका प्रमख र उपप्रमुखका उम्मेदवार सार्वजनिक गर्नेगरि उम्मेदवारको टुङ्गो लगाउँदै गईरहेको एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले बताउनुभयो । उहाँले स्थानीय तहको उम्मेदवारको छनौट स्थानीय स्तरबाटै गर्नका लागि पनि पालिका कमिटीहरुलाई भनिएको उहाँले बताउनुभयो ।