कोशी प्रदेशसभाको बैठक बुधबार बस्ने

विराटनगर २८ जेठ । कोशी प्रदेशसभाको बैठक आगामी जेठ ३१ गते बुधबार बस्ने भएको छ । नेकपा माओवादी केन्द्रले सरकारलाई समर्थन फिर्ता लिएपछि संसद बैठक पनि अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

जेठ २४ गते प्रदेश प्रमुखले वार्षिक नीति तथा कार्यक्रम संसदमा पेश गर्ने कार्यसूचि थियो । अन्य ६ वटा प्रदेशले नीति तथा कार्यक्रम पेश गरिसक्दा पनि कोशीमा अझै अन्योल छ । प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी गर्दै बैठकको जानकारी दिएका हुन् ।