एमाले उम्मेदवार घिमिरेद्धारा वडागत रुपमा घरदैलोलाई तीव्रता

विराटनगर, १५ कात्तिक । मोरङ क्षेत्र नं. ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले वडागत रुपमा घरदैलो अभियानलाई तीव्र पारेका छन् ।

मंगलबार विराटनगर ८ का ४ वटा टोलमा घरदैलो गरिएको घिमिरेको सचिवालयले जनाएको छ । विराटनगर ८ का छठीमाई मन्दीर बलुवाही, राजवंशी टोल, अमर टोल र बालगोपाल टोलमा घरदैलो गरिएको बताईएको छ ।


उम्मेदवार घिमिरेले घरदैलोसँगै ५ वर्षमा निर्वाचन क्षेत्रमा आफुले गरेका काम र आगामी दिनमा गर्ने योजना, ५ वर्षको अवधिमा शुरु भएर बाँकी रहेका योजनाहरु पुरा गर्नका लागि पुन ः उम्मेदवार भएर आएको बताउनुभएको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि घर–घरमा एमाले उम्मेदवार घिमिरे पुग्दा स्थानीयवासीहरुले भव्य स्वागत गर्दै आएका छन् । घिमिरेलाई आगामी दिनमा गर्नुपर्ने योजनाहरुपनि स्थानीयबासीले टिपाउने गरेका छन् ।

५ वर्षको अवधिमा टिपाएका अधिकांश योजनाहरु निर्वाचन क्षेत्रमा पर्न सफल भएको विराटनगर ८ का मनोज महतोले बताउनुभयो । सामाजिक विकास मन्त्री भएका समयमा एमाले नेता घिमिरेले निर्वाचन क्षेत्र र प्रदेशवासीमा उल्लेख्य काम काम गरेको उहाँको भनाई छ ।

मोरङ ४ (ख) को घरदैलो कार्यक्रममा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विनोद ढकालपनि सहभागी हुनु भएको थियो ।