विराटनगर १ कात्तिक । महिलाको राजनीतिक प्रतिनिधित्वको लागि सञ्चारकर्मीको भूमिका संवन्धि प्रदेश १ स्तरिय अन्तरक्रिया आज विराटनगरमा सम्पन्न गरिएको छ ।
दलित महिला नेपालका लागि केन्द्र ( सीडिडब्ल्युएन) को आयोजना, स्वीस सरकार र अष्ट्रेलियन एडको आर्थिक र आर्ईएफईएसको प्राविधिक सहयोगमा ‘सि लिड्स’ कार्यक्रम अन्र्तगत प्रदेश स्तरिय अन्र्तक्रिया कार्यक्रम गरिएको सीडिडब्ल्युएन मोरङ कार्यक्रम संयोजक निलम ढुङ्गेलले जानकारी दिनुभयो । अन्तरक्रियामा प्रदेश १ का मोरङ, झापा, सुनसरी, खोटाङ र ओखलढुङ्गाका गरि २३ जना पत्रकारको सहभागिता रहेको थियो ।
अन्र्तक्रियामा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष विपुल पोखरेलले महिलाको राजनीतिक प्रतिनिधित्वको लागि सञ्चारकर्मीको भूमिका विषयमा सहजीकरण गर्नुभएको थियो । प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रममा सीडिडब्ल्युएनकी उपाध्यक्ष लक्ष्मी परियार, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लीलाबल्लभ घिमिरे लगायतले बोल्नु भएको थियो ।
‘सि लिड्स’ कार्यक्रमले जनप्रतिनिधि महिला तथा राजनीतिक रुपमा सक्रिय महिलाको क्षमता विकासका लागि काम गर्दै आएको मोरङ कार्यक्रम संयोजक ढुङ्गेलले बताउनुभयो ।