माईती नेपालद्धारा मानव बेचविखन नियन्त्रणका लागि वडास्तरिय सञ्जाल गठन

विराटनगर १० असोज । माईती नेपाल विराटनगरले मानव बेचविखन नियन्त्रणका लागि वडास्तरिय सञ्जाल गठन गरेको छ ।
विराटनगर १३ मा कुन्ती यादवको संयोजकत्वमा सञ्जाल गठन गरिएको हो ।

सञ्जालकोसदस्यहरुमा रिया यादव, मेलिशा खड्का, गिता ओझा, रिता कुमारी शाह, पिंकी यादव र रेनुका महतो रहेको माईती नेपालका मोरङ संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा वडाध्यक्ष सूर्यलाल यादवले सीमा क्षेत्रमा हुने मानव बेचविखन तथा ओसारपासार नियन्त्रणको लागि सञ्जाल समुहले भुमिका खेल्ने बताउनुभयो । सञ्जाल समुहमा आबद्ध सहभागीहरु विभिन्न टोलको र समाजिक अभियान्ताका रुपमा काम गर्न रुचाउने व्यक्तिहरु रहेको उहाँले बताउनुभयो ।

सञ्जालकी संयोजक यादवले वडा तहबाट नै मानव बेचबिखन तथा ओसार पासर विरुद्धको अभियान चलाईने प्रतिबद्धता जनाउनुभयो ।

माइती नेपाल मोरङका कार्यक्रम संयोजक पोखरेलले मानव बेचविखन तथा ओसार पसार बिरुद्धको अभियानमा सञ्जाल र माइती नेपाल बिच संयुक्त प्रयासमा काम हुने बताउनुभयो ।

माईती नेपाल विराटनगर मानव बेचविखन नियन्त्रणका लागि विभिन्न चेतनामुलक कार्य गर्दै आएको छ ।