अन्तर स्कुल क्रिकेटमा ग्रिनल्याण्ड विजयी

विराटनगर ४ पुस । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा ग्रिनल्याण्ड र सत्यनारायण विजयी भएका छन् ।

शुक्रबार भएको खेलमा प्रिन्स यादवको सतकमा ग्रिनल्याण्ड स्कुलले भगवती स्कुललाई १ सय २३ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको ग्रिनल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ८६ रनको विशाल योगफल तयार पारेको थियो । ग्रिनल्याण्डका प्लेयर अफ म्याच प्रिन्स यादवले ५७ बलमा सर्वाधिक १ सय ३ रनको योगदान दिए । भगवतीका अविरामले सर्वाधक २ विकेट लिए ।

जवाफमा १ सय ८७ रनको विशाल लक्ष पाएको भगवतीले १६ दशमलव ४ बलमा सवै विकेटको क्षतिमा ५९ रनमा सिमित भयो । जस्मा रोहित साहले सर्वाधिक २१ रनको योगदान दिए ।

ग्रिनल्याण्डका प्रकाश यादव र अनिस राँय सर्वाधिक ३–३ विकेट दिए ।

दोस्रो खेलमा सत्यनारायण स्कुलले न्यू मुन स्कुललाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ७५ रनको विशाल योगफल तयार पारेको थियो ।

सत्यनारायणका आकाश यादवले अविजित ५६ रन बनाउँदा प्लेयर अफ म्याच मनिस कामतले ५० रनको योगदान दिए । न्यू मुनका सोहेल आलमले सर्वाधक २ विकेट लिए ।

जवाफमा १ सय ७६ रनको विशाल लक्ष पाएको न्यू मुनले १७ दशमलव १ बलमा सवै विकेटको क्षतिमा ७१ रनमा सिमित भयो । जस्मा समिर आलमले सर्वाधिक २२ रनको योगदान दिए ।

सत्यनारायणका मनिस कामत र अरविन्द यादव सर्वाधिक २–२ विकेट दिए ।