विराटनगर, १९ साउन । सरकारले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते आइतबार एकै चरणमा गर्ने गरी चुनाव घोषणा गरेको हो ।
बुधबार सत्तारूढ पाँचदलीय गठबन्धनले आगामी मंसिर ४ गते संसदीय निर्वाचन गर्ने सहमति गरेको थियो । निर्वाचन आयोगले भने मंसिर २ मा निर्वाचन गर्न सिफारिस गरेको थियो ।
आगामी मंसिर १० गते यो प्रतिनिधिसभाको कार्यकाल सकिँदैछ । प्रतिनिधिसभाको कार्यकाल सकिनुअघि निर्वाचन गर्नुपर्ने संवैधानिक प्रावधान छ ।
प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र र सात प्रदेशका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ। यसअघि २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा (मंसिर १० र २१ गते) भएको थियो ।