एमाले विराटनगर ७ मा उप्रेती र ९ मा भगत 

विराटनगर २६ साउन । नेकपा एमाले विराटनगर महानगर कमिटी अन्तरगत अधिवेशन हुन बाँकी रहेका दुई वटै वडाको अधिवेशन सम्पन्न भएको छ ।

आईतबार विराटनगर ७ र ९ को वडा अधिवेशन सम्पन्न भएको महानगर कमिटीका सचिव विज्ञान शर्माले जानकारी दिनुभयो ।
विराटनगर ९ मा निर्वाचन प्रकृया मार्फत वडा कमिटी अध्यक्ष चयन गरिएको छ । कमल भगत र जतिन ताम्राकार दुवैले अध्यक्षमा आफ्नो दावी कायम राखेपछि मतदान गरिएको थियो । मतदानमा ताम्राकार ५ मतान्तरले पराजित हुनुभयो ।

भगतले ३० मत प्राप्त गरि निर्वाचित हुनुभयो । ताम्राकारले २५ मत प्राप्त गर्नु भएको थियाे । यसअघि विराटनगर ४, १० र १४ मा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपति मतदान प्रकृया माफृत चयन गरिएको थियो ।

विराटनगर ७ मा सरोज उप्रेती सर्वसम्मत वडा कमिटीको अध्यक्षमा निर्वाचित हुनु भएको महानगर सचिव शर्माले बताउनुभयो ।

यसअघि साउन १७ गते स्थगित भएका २ वडाको अधिवेशनसँगै महानगरका १९ वटै वडामा तेश्रो अधिवेशन सम्पन्न भएको महानगर कमिटीका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो । उहाँले वडा अधिवेशनमा गुटगत प्रतिष्पर्धा नभएको दावी गर्नुभयो ।

नव निर्वाचित नेतृत्वलाई मिसन ८४ लक्षित प्रशिक्षण कार्यक्रम आयोजना गरिने उहाँले बताउनुभयो ।