
विराटनगर २४ जेठ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले हुलाक सेवाकाे आधुनिकीकरण आवश्यक भएकाे बताउनु भएकाे छ ।
राणाा शासनकालमा स्थापना भएकाे उमेरले जेठाे भएपनि कामले अहिले कान्छाे भएकाले आधुनिकीकरण आवश्यक भएकाे उहाँको भनाइ छ ।
हुलाक सेवा विभागले आज विराटनगरमा आयाेजना गरेकाे हुलाक सेवा विभागकाे पुनर्संरचना विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरूङले साे कुरा बताउनु भएकाे हाे ।
बद्लिदाे परिवेश अनुशार संस्था चल्नुपर्ने उहाँले बताउनुभयाे ।
मन्त्री गुरूङले भन्नुभयाे,`हुलाक सेवालाई मागि खाने बनाउनु भएन जनतालाई सेवा पनि दिनु पर्याे । सेवासँगै ब्यापारलाई पनि अघि बढाउनु पर्याे ।´
हुलाक सेवालाई ब्यवस्थित गर्न बार्षिक क्यालेन्डर काम गर्न उहाँको सुझाव छ ।
मन्त्री गुरूङले नेपालमा विकास धेरै भएपनि व्यवस्थित नभएको बताउनभयाे । नेपालकाे विकास भद्रगोल देखिएकाले व्यवस्थित बनाउन पर्नेमा उहाँको जाेड छ ।
सूचना तथा सञ्चार,मन्त्रालयकी सचिव राधिका अर्यालले हुलाक सेवाकाे पुनर्संरचना आवश्यक भएकाे बताउनुभयाे ।
कार्यक्रममा मन्त्रालयका सहसचिव काेषहरि निराैला, आन्तरिक मामिला तथा कानुन मन्त्रालय काेशी प्रदेशका सचिव रामप्रसाद आचार्य लगायतको सहभागिता रहेकाे थियाे ।