
विराटनगर २३ जेठ । सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिनिधि सभामा हाल देखिएको अवरोध छिट्टै हट्ने बताउनु भएको छ ।
विराटनगर विमान स्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले चालु अधिवेशनबाटै निजामती कर्मचारी ऐन, शिक्षा ऐन जारी हुने जानकारी दिनुभयो । उहाँले कर्मचारीले गरेको गल्तिका विषयमा विभागीय मन्त्रीले राजिनामा दिनु विषय उठाउनु वैज्ञानिक नभएको भन्दै प्रतिपक्षले प्रतिशोध साँधे जस्तो संसद अवरोध गरिरहेको देखिएको चर्चा गर्नुभयो ।
मन्त्री गुरुङले सरकारले बनाएको आयोग स्वायत भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको विषयमा टिप्पणी गर्नु उचित नहुने भन्दै अख्तियार दुरुपयोग गरी गलत गर्ने मानिसलाई आयोगले छानबिन गर्ने बताउनुभयो ।