रतुवामाई नगरपालिकाद्धारा कृषि सामाग्री वितरण

विराटनगर २१ जेठ । मोरङको रतुवामाई नगरपालिकाले एक करोड १० लाख मुल्य वरावरको कृषि औजार किसानलाई वितरण गरेको छ ।

बुधबार रतुवामाई नगरपालिका सातमा एक कार्यक्रमको आयोजना गरि रतुवामाई नगरपालिकाको ५० प्रतिशत अनुदान तथा किसानहरुको ५० प्रतिशत साझेदारीमा पालिकाले कृषि उपकरण वितरण गरेको हो ।

पालिकाको १० वटा वडाका एक सय ६० कृषक समुह तथा कृषिफर्महरुलाई कृषि औजार तथा उपकरण वितरण गरको हो । पालिकाले कृषिमा प्रयोगहुने १ सय ५० थान च्यापकटर मेशिन, २० थान स्प्रेटेंकी,१ सय १२ थान मकै छोडाउने मेशिन, १ सय ६५ थान मकै रोप्ने मेशिन, वितरण गरेको हो ।

सो पालिकाका प्रमुख नागेश्वरप्रसाद सिंह तथा पालिकाका प्रमुख प्रसासकिय अधिकृत डम्वरुप्रसाद वरालले किसानहरुलाई उपकरण वितरण गर्नु भएको थियो । पालिकाको कृषि यान्त्रिकरण प्रबर्द्धन कार्यक्रम अन्तर्गत किसानलाई कृषि उपकरण वितरण गरिएको हो ।

सो पालिकाका अधिकांस मानिस कृषिमा आधारित भएकाले कृषिमा व्यवसायीकरण गर्न तथा कृषि उत्पादन वृद्धिगर्न सहज होस भन्ने उदेश्यकले कृषि उपकरण वितरण गरिएको पालिकका प्रमुख सिंहले वताउनुभयो । यसरी करोडौ मुल्यपर्ने उपकरण वितरणले कृषिको आधुनिकिकरण तथा यान्त्रिकरणममा सहयोग पुग्ने पालिकाले जनाएको छ ।