महिला समितिका प्रतिनिधिहरुलाई मानव अधिकार सम्वन्धी सचेतना कार्यक्रम

विराटनगर २१ जेठ । सामुदायिक ऐक्युबद्धता मञ्च (फोकस नेपाल) ले विराटनगर महानगरपालिका अन्र्तगतका महिला समितिका प्रतिनिधिहरुलाई मानव अधिकार सम्वन्धी सचेतना कार्यक्रम शुरु गरेको छ ।

विराटनगर महानगरपालिकासँगको सहकार्यमा फोकस नेपालले शुरु गरेको कार्यक्रमको पहिलो दिन आज विराटनगर वडा नं. १ देखि १० सम्मका महिला समितिका सदस्यहरुको सहभागिता रहेको थियो । भोली वडा नं. ११ देखि १९ सम्मका महिला समितिका सदस्यहरुलाई प्रशिक्षण दिईने आयोजकले जानकारी दिएको छ ।

प्रत्येक वडाबाट ५/५ जनाको दरले महिला समितिका सदस्यहरु कार्यक्रममा सहभागि भएका छन् ।

विराटनगर महानगरपालिका अन्र्तगतका महिला समितिका सदस्यहरुलाई मानव अधिकारका विषयमा अधिवक्ता सोमराज थापाले, नेतृत्व सीप विकास र कार्यशालामा अधिवक्ता कविता वस्नेतले, मानसिक स्वास्थ्य र तनाव व्यवस्थापनबारे मनोपरामर्शकर्ता गीताञ्जली शर्माले सहजीकरण गर्नु भएको फोकस नेपालकी सदस्य आभा अनुपमाले जानकारी दिनुभयो ।