सप्तरीको सप्तकोशीमा विजय लघुवित्तको वित्तिय साक्षरता कार्यक्रम

विराटनगर ३० वैशाख । विजय लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय तपेश्वरी (उदयपुर) ले सप्तरीको सप्तकोशी नगरपालिकामा वित्तिय साक्षरता कार्यक्रम गरेको छ ।

सप्तकोशी नगरपालिका ११ भगिनीमा आज वित्तिय साक्षरता सम्पन्न भएको हो । केन्द्रीय कार्यालय धुलिखेल क्लष्टर नंं १ का अनुगमन अधिकृत तेजबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंक तथा वित्तीय प्रणालीप्रति सचेत बनाउने, बचत र कर्जाको महत्व बुझाउने र जिम्मेवार ढंगले आर्थिक कारोबार गर्न सिकाउने उद्देश्यले वित्तिय साक्षरता कार्यक्रम आयोजना गरिएको बताईएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन २०७८ को अवधारणमा रही वित्तीय साक्षरताको महत्वका बारेमा जागरण ल्याउने, स्थानीय समुदायमा वित्तीय अनुशासन, बचत, कर्जा व्यवस्थापन र जोखिम न्यूनीकरणका महत्वपूर्ण पक्षहरूमा जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले संस्थाका विभिन्न शाखाहरुबाट देशभर वित्तीय साक्षरता कार्यक्रम अभियान सञ्चालन गरिएको क्लष्टर १ का अनुगमन अधिकृत खड्काले बताउनुभयो ।

वित्तिय साक्षरता कार्यक्रमको सञ्चालन राम लुइँटेलले गर्नुभएको थियो । कार्यक्रममा तपेश्वरी शाखाका प्रमुख विश्वास बाबु ढकालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम लघुवित्त संस्थाका विजय यादव, समाजसेवी रामकुमार कार्की लगायतको सहभागिता रहेको थियो । वित्तिय साक्षरता कार्यक्रममा ७० जनाको सहभागिता रहेको थियो ।