नेपाल निजामति कर्मचारी संगठन मोरङद्धारा रक्तदान कार्यक्रम

विराटनगर ८ वैशाख । नेपाल निजामति कर्मचारी संगठनको ३५ औ स्थापना दिवसको अवसरमा जिल्ला कार्य समिति मोरङले रक्तदान कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाएको छ ।

जिल्ला समन्वय समिति मोरङको सभाहलमा आयोजित कार्यक्रममा ६३ जना रक्तदाता कर्मचारीहरुले रक्तदान गरेको मोरङ संगठनका अध्यक्ष शालिगराम कोइरालाले वताउनुभयो ।

रक्तदान कार्यक्रममा सहभागी रक्तदाताहरुलाई नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिका निवर्तमान महासचिव जिवन काफ्ले ले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन कोशी प्रदेश कार्य समितिका अध्यक्ष हरि सुवेदी, निवर्तमान केन्द्रीय सदस्य फडीन्द्रनाथ अधिकारी, पेशागत महासंघ कोशी प्रदेशका अध्यक्ष अशेषकुमार लम्साल, संगठनका निवर्तमान अध्यक्ष ओमराज सुवेदी ,पूर्व अध्यक्ष वुद्धीबहादुर थापा लगायतको उपस्थिति रहेको थियो ।