पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन कानुनले छेक्दैन : प्रचण्ड

विराटनगर ७ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व राष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा आउनु संवैधानिक कानुन र अन्तर्राष्ट्रिय परम्पराले नरोक्ने बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरागर्दै उहाँले हाम्रा पूर्व उराष्ट्रपतिले पार्टीको सिपाहीको काम गर्ने इच्छा अनुसार उहाँले केही कुराले पनि नरोक्ने प्रष्ट पार्नु भयो ।

पूर्वप्रधानमन्त्री दाहालले भन्नु भयो,‘ पूर्व राष्ट्रपति र उपराष्ट्रपति पुनः राजनीतिमा आउनाले मुलुकमा सङ्घीय गणतन्त्र वलियो र सुदृढ हुने छ ।’

माओवादी केन्द्रका अध्यक्ष दाहालले हिजो प्रधानमन्त्री, कांग्रेस सभापति र आफ्नो बैठक विशुद्ध शान्ति प्रकियासँग सम्बन्धित रहेको जानकारी दिनु भयो ।
उहाँले तीनदलवीच गणतन्त्रका विषयमा विगतदेखिनै सहमती रहेको र त्यसमा विमती नरहेको प्रष्ट पार्नुभयो अध्यक्ष दाहालले भन्नु भयो,‘मुलुकमा अहिले गणतन्त्रप्रति कुनै खतरा नआएको र गणतन्त्रप्रति दलहरु एक ढिक्का रहेका छन् ।’