क्रिस्टल माला तथा पाेते बनाउने तालिम सम्पन्न

विराटनगर ४ वैशाख । क्रिस्टल माला तथा पाेते बनाउने १२ दिने तालिम सम्पन्न भएकाे छ ।

विराटनगर महानगरपालिकाे सहयाेगमा न्युपाथिभरा ढाका व्याग उद्योग तथा प्रशिक्षण केन्द्र विराटनगर ५ आयोजनामा भएकाे तालिम २० जना महिलाको सहभागिता रहेकाे थियाे ।

चैत २१ देखि शुरू भएकाे १२ दिने तालिमका सहभागीलाई क्रिस्टल माला तथा पाेते बनाउने व्यवसायिक सीप दिइएकाे आयोजक संस्थाकी अध्यक्ष शर्मीला काफ्लेले जानकारी दिनुभयाे ।

तालिममा सहभागीले १२ दिनमा क्रिस्टल माला तथा पाेते बनाउन सक्ने भएकाे र व्यवसाय शुरू गर्ने बताएका छन् ।

समापन कार्यक्रममा विराटनगर ५ का वडाध्यक्ष सन्ताेष न्याैपानेले व्यवसायिक सीप दक्षता मुलक कार्यक्रममा महानगरपालिकाले सहयोग गर्ने बताउनुभयाे । उहाँले सीप सिकेर व्यवहारमा उतार्न आग्रह गर्नुभयाे