विराटनगर, २ असार । प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले नेपाली कांग्रेसले सहयोग गरेमा प्रदेश १ को नामाकरण आधा घण्टामै टुङ्गो लाग्ने बताउनुभएको छ ।
आज विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै नेकपा एमालेभित्र नामको समस्या नभएको बताउँदै कांग्रेसले सहयोग गरेमा एमालेले संसदीय दलमा आधा घण्टामै नाम टुङ्ग्याउने राईले बताउनुभयो । आफ्नो कार्यकालमा पार्टीभित्रको आन्तरिक समस्याले नाम टुङ्गो लगाउन नसकेकोमा आफूलाई अपसोच लागेको बताउँदै उहाँले अब एमालेकै नेतृत्वमा नाम टुङ्गो लाग्ने बताउनुभयो ।
कांग्रेस र एमाले प्रदेशमा मिल्दा दुई तिहाइ नपुग्ने २–३ जनाको संख्या एमालेले नै खोजेर पुर्याउने राईले दाबी गर्नुभयो । उहाँले बाँकी प्रदेशको अवधिभित्रै नाम टुङ्ग्याउने गरी एमालेले पहल थालेको जानकारी दिनुभयो ।