विराटनगर, १ असार । एमाले निकट विद्यार्थीको संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश १ को संयोजकमा गोकर्ण घिमिरे चयन हुनुभएको छ ।
अनेरास्ववियुको पदाधिकारी बैठकले घिमिरेलाई प्रदेश १ को संयोजकको जिम्मेवारी प्रदान गरेको हो । घिमिरे अहिले संगठनको केन्द्रिय सचिवालय सदस्य तथा मोरङ जिल्ला बाल संगठनको अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ ।
प्रदेश संयोजकको जिम्मेवारी प्राप्तगरेसँगै घिमिरेले आफ्नो ध्यान सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरबृद्धिमा केन्द्रित रहने बताउनुभयो । निजी विद्यालयले लिने मनपरि शुल्क, शिक्षाका क्षेत्रमा स्थानीय सरकारले अपनाउने शिक्षा नितीलगायतका विषयमा ध्यान केन्द्रित हुने बताउनुभयो ।