
विराटनगर २८ माघ । मोरङको ग्रामथान गाउँपालिका वडा नं. २ झोराहाटमा सञ्चालित रेमिट बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ ।
स्थापना दिवसको अवसरमा सहकारीले सोमबार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको थियो । खुल्ला रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका थिए भने ४३ प्रिन्ट रगत संकलन भएको थियो ।
सहकारीकी अध्यक्ष उमा घिमिरेको अध्यक्षता तथा ग्रामथान गाउँपालिका २ का वडा अध्यक्ष यादव खतिवडाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा त्यस क्षेत्रका सहकारी अभियानका व्यक्तित्वहरु, शैक्षिक, सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
सहकारीकी अध्यक्ष घिमिरेले दिएको जानकारी अनुसार सहकारीको शेयर पूँजी ३ करोड ५५ लाख २३ हजार २ सय रुपैया रहेको छ भने बचत १७ करोड ९३ लाख ४० हजार ७६५ रुपैया रहेको छ ।
सहकारीले १९ करोड ३० लाख १८ हजार ४१० रुपैया ऋण लगानी गरेको छ । सहकारीको कोषमा १ करोड ३९ लाख ९७ हजार १२९ रुपैया रहेको र सहकारीको शेयर सदस्य ३ हजार जनाभन्दा माथि रहेको अध्यक्ष घिमिरेले बताईन ।
रेमिट साकोस झोराहाटको समुदायमा आधारित सहकारी रहेको पनि उनले बताईन् ।