विराटनगर २२ माघ । नेकपा एमाले मोरङको १० औं जिल्ला अधिवेशनको प्रचार प्रसारलाई प्रविधिको प्रयोग गरि व्यापक बनाईने भएको छ ।
आगामी फागुन १७–१९ सम्म विराटनगरमा हुने जिल्ला अधिवेशनका लागि गठित प्रचार प्रसार उपसमितिको आज विराटनगरमा बसेको बैठकले प्रविधिको प्रयोग गरि प्रचार प्रसार गरिने निर्णय गरेको छ ।
उपसमिति संयोजक सन्तोष बान्तवाको अध्यक्षतामा बसेको बैठकले प्रचार प्रसारका लागि आवस्यक तयारी आजैदेअि शुरु गरिएको जनाईएको छ ।
बैठकले प्रेस चौतारी कोशी प्रदेशको आगामी माघ ३० गते विराटनगरमा हुने दोश्रो प्रदेश अधिवेशन तथा फागुन २५–२७ सम्म विराटनगरमा हुने १० औं केन्द्रीय महाधिवेशन भव्य रुपमा सम्पन्न गर्न आवस्यक सहयोग गर्ने निर्णय गरेको छ ।
बैठकमा एमाले मोरङ अध्यक्ष बाबुराम कार्की, उपसचिव सोमराज थापा लगायतको सहभागिता रहेको थियो ।