विराटनगर २२ माघ । प्रेस चौतारी नेपालकाे २७ औं स्थापना दिवसकाे अवसरमा प्रेस चाैतारी माेरङले तीन जनालाई सम्मानित गरेकाे छ ।
तीनै जनालाई काेशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले सम्मानित गर्नुभयाे ।
चाैतारी मोरङले स्थापना दिवसका अवसरमा वितरण गर्दै आएको कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार पत्रकार हरिहर नेपाललाई प्रदान गरिएकाे छ । पुरस्कारको राशी १५ हजार रुपैयाँ रहेको छ ।
२७ औं स्थापना दिवसको अवसरमा विद्यावारिधि गर्ने प्रेस चौतारी मोरङका संस्थापक सचिव डिल्ली पोखरेल र पूर्व सचिव धर्मराज ढकाललाई सम्मान गरिएकाे छ ।
पोखरेलले नेपालको आर्थिक विकासमा कृषि सहकारी संस्थाहरुको भूमिका विषयमा विद्यावारिध (पीएचडी) र ढकालले नेपाली कटन उद्योगहरुमा कार्यरत मजदुरहरुको उत्प्रेरणा र कार्य सम्पादनको अवस्था विषयमा विद्यावारिध (पीएचडी) गर्नु भएको छ ।