हिसान स्पोर्टस् मिट : फुटवलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सी तथा क्रिकेटमा कान्तिपुर र मेरिल्याण्ड विजयी

विराटनगर १० माघ । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत पुरुष फुटबलमा कान्तिपुर, जेभियर्स र ग्यालेक्सी तथा क्रिकेटमा कान्तिपुर र मेरिल्याण्ड विजयी भएका छन् ।

आज सम्पन्न फुटबल अन्र्तगत पहिलो खेलमा कान्तिपुर कलेजले विकेभीएम स्कुललाई पेनाल्टी सुट आउटमा ४–३ को गोल अन्तरले पराजित गरेको छ । दोस्रो खेलमा जेभियर्स स्कुलले अरनिको कलेजलाई ४–० गोलको अन्तरले पाखा लगायो । तेस्रो खेलमा ग्यालेक्सी पब्लिक स्कुलले ग्रामथानको बुद्ध कलेजलाई २–१ को गोल अन्तरले पराजित गरेको छ ।

आज नै वैजनाथपुर क्रिकेट मैदानमा भएको पहिलो खेलमा साविक विजेता कान्तिपुर कलेजले भानु कलेजलाई ३४ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित १० ओभरमा ३ विकेट गुमाई ७९ रन बनाएको थियो ।

जवाफमा ८० रनको चुनौती पाएको भानुले ९ दशमलव २ बलमा सवै विकेट गुमाई ४५ रनमा सिमित भयो । दोस्रो खेलमा मेरिल्याण्ड कलेजले सगरमाथा कलेजलाई ५७ रनले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको मेरिल्याण्डले निर्धारित २० ओभरको खेलमा १९ दशमलव ३ बलमा सवै विकेट गुमाई ९७ रन बनाएको थियो । ९८ रनको चुनौती पाएको सगरमाथाले ८ दशमलव १ बलमा सवै विकेट गुमाई ४० रनमा सिमित भयो ।