विराटनगर ८ का वडाध्यक्षको निर्णय : चोक–चोकमा सूचना पाटी र घर–घरमा स्वास्थ्य वीमा अभियान


विराटनगर, ९ जेठ । विराटनगर महानगरपालिका वडा नम्वर ८ का अध्यक्ष राम पोखरेलले कार्यभार सम्हालै लगत्तै दुईवटा निर्णयमा हस्ताक्षर गरेका छन् ।

अध्यक्ष पोखरेलले वडा र महानगरपालिकाका सूचना सवै वडावासीलाई जानकारी हुनेगरि चोक–चोकमा सूचना पाटी राखेर प्रवाह गरिने निर्णय गरिएको बताएका छन् । वडावासीलाई हरेक सूचनावारे जानकारी दिने उद्देश्यले सो निर्णय गरिएको उनको भनाई छ । सामाजिक सञ्जाल मार्फत पनि सूचना प्रवाह हुने उनले बताए ।

यसैगरि स्वास्थ्य वीमा कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिने निर्णय गरिएको वडाध्यक्ष पोखरेलले बताए । स्वास्थ्य वीमा कार्यक्रममा कुनैपनि नागरिक नछुट्ने गरि अभियान सञ्चालन गरिने उनको भनाई छ ।

विराटनगर महानगरपालिकामा आज सपथ ग्रहण गरेलगत्तै वडाध्यक्ष पोखरेलले विराटनगर पुष्पलाल चौकमा रहेको पुष्पलाल श्रेष्ठको प्रतिमा माल्यार्पण गरि वडा कार्यालय पुगी पदभार ग्रहण गरेका थिए ।