मोरङ ग्रामथानमा १४ हजार मतगणना, अध्यक्षमा माओवादी केन्द्रका माझीको अग्रता

विराटनगर १७ मंसिर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । ग्रामथानको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझीले अग्रता लिएका छन् ।

निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुशार माझीले ५ हजार ६०७, नेपाली कांग्रेसका बलराम सरदारले ४ हजार १६७, एमालेका तुलसीराम विश्वासले २ हजार ७४१ मत प्राप्त गरेका छन् ।

अहिलेसम्म १४ हजार २९ मतगणना सकिएको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिनुभयो । । १८ हजार ५७८ मत खसेकोमा अव ४ हजार ५४९ मतगणना बाँकी छ । हालसम्म २६५ मत बदर भएको छ ।

विहान ९ वजे सम्ममा मतगणना सकिने सहायक निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो ।