विराटनगर १६ मंसिर । माेरङ ग्रामथान गाउँपालिकाकाे अध्यक्ष पदमा मतदान जारी छ । विहान ७ वजेदेखि जारी मतदानमा १६ हजार ८७३ अर्थात ६४.७९ प्रतिशत मतदान भएकाे छ ।
२६ हजार ४४ मतदाता रहेकाे ग्रामथानमा केहीवेर अघि ६४.७९ सम्म प्रतिशत मतदान भएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका सहायक निर्वाचन अधिकृत रामराज पाैडेलले बताउनुभयाे ।
वेगनलाल आधारभुत विद्यालय मतदान स्थलमा ७५.५५ प्रतिशत, वीरेन्द्र मावि लखन्तरी मतदान स्थलमा ७०.१६ प्रतिशत , सरस्वती मावि झाेराहाट मतदान स्थलमा ६२.८० प्रतिशत , वडा नं २ कार्यालय मतदानलस्थलमा ६८ प्रतिशत , वाणी मावि सिद्राहा मतदान स्थलमा ६८.५८ प्रतिशत, राधाकृष्ण आधारभुत विद्यालय भाैंसावाडी मतदान स्थल ६५.७९ प्रतिशत , लाेहाेन्द्रा आधारभुत विद्यालय माेतिपुर मतदानस्थलमा ६३ प्रतिशत , महेन्द्र मावि लाेहासुर मतदानस्थलमा ६३.०९ प्रतिशत, देवी मावि तेतरिया मतदान स्थलमा ५६.९२ प्रतितशत , पब्लिक मावि मतदान स्थलमा ६०.८३ प्रतिशत , गणेश मावि धाेवियारे मतदान स्थलमा ५९.६२ प्रतिशत र सरस्वती आधारतभुत विद्यालय वनिगामा मतदान स्थलमा ६५.५६ प्रतिशत मतदान भएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
१२ मतदान स्थल र २९ मतदान केन्द्र रहेकाे ग्रामथानमा सवैभन्दा बढी मत वेगनलाल आधारभुत विद्यालय मतदान स्थलमा बढी मत खसेकाे छ । कुल मतदाता ७७७ रहेकाेमा दिउँसाे ३ वजे सम्म ५८७ जनाले मतदान गरेका छन् ।
ग्रामथानकाे अध्यक्ष पदमा १५ राजनीति दल र एक स्वतन्त्र गरि १६ जना प्रतिष्पर्धामा छन् ।