देशलाई टाट पल्टाउन दिईदैन : प्रधानमन्त्री ओली

विराटनगर, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द गर्न र देशलाई टाट पल्टाउन नदिने बताउनुभएको छ ।

विराटनगर स्थित होटल ह्यारिसनमा सोमबार साँझ पत्रकारहरुसँगको भेटघाटमा उहाँले उद्योगहरुको काटिएको बिजुली लाईन नजोडिएको सम्बन्धमा पत्रकारहरुले राखेको जिज्ञासामा सो जवाफ दिँदै कुनै पनि हालतमा देश बिगार्न नदिने बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले सङ्खीय सरकारले प्रदेश सरकारलाई अधिकार दिन ढिलाई गरेको प्रसङ्गमा उहाँले प्रदेश सरकारले विकासको कामसँगै सुशासनको काम गर्नु पर्ने बताउनुभयो । उहाँले संविधान संशोधन संसदले गर्ने हो आयोगले होइन भत्रुभयो ।