विराटनगर २ असाेज । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ले बिश्वासको मत प्राप्त गर्नु भएको छ ।
दुई तिहाई मत सहित उहाँले बिश्वासको मत प्राप्त गर्नु भएको हो ।मत बिभाजनको प्रक्रिया मार्फत भएको मतदानमा पक्षमा ६६ मत प्राप्त भएको छ भने विपक्षमा १५ मत प्राप्त भएको छ। त्यस्तै नेकपा एस समाजबादिका जनाले २ जनाले मतदान गरेनन ।
आजको सभामा प्रदेश सभाका सदस्य ८३ उपस्थिति रहेका थिए । यस अघि मुख्यमन्त्री कार्कीले बैशाख ३१ गते बिश्वासको मत लिनुभएको थियो। गत भदौ १४ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि आज पुन बिश्वासको मत लिनुपरेको हो । कोसी प्रदेशमा ९३ प्रदेश सभा सदस्य छ्न ।
नेकपा एमालेका ४० ,नेपाली काग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३ ,राप्रपाका ६ नेकपा एकीकृत समाजबादिका ४ र जसपाको एक प्रदेश सभा सदस्य छ्न ।
कोशी प्रदेशमा नेकपा एमाले र नेपाली काग्रेसको सरकार छ ।