विराटनगर, २८ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा गत वैशाख २७ र जेठ ४ गते गठित मन्त्रिपरिषदमा नेपाली कांग्रेसका तीन मन्त्री एक राज्यमन्त्री थप गरी शुक्रबार विस्तार गरिएको छ ।
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री कार्कीको भदौ २८ गतेको सिफारिशमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) वमोजिम नव नियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको छ । प्रदेश प्रमुख खापुङ्गले भौतिक पूर्वाधार विकास मन्त्रीमा भूपेन्द्र राई,उद्योग, कृषि तथा सहकारी मन्त्रीमा खगेनसिंह हाङगाम र पर्यटन, वन तथा वातावरण मन्त्रीमा सदानन्द मण्डललाई शपथ ग्रहण गराउनु भयो ।
यसैगरी मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा भुमीप्रसाद राजवंशीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयो ।
शपथ ग्रहण समारोहमा कोशी प्रदेशका सभामुखअम्बरबहादुर विष्ट, प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न मन्त्रालयका सचिवहरु, राजनीतिक दलका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।