विराटनगर ८ भदौ । नेपाल पत्रकार महासंघ मोरङले नेपाली महिलाहरुको महानपर्व हरितालिका तिजको अवसरमा आज दर खुवाउने कार्यक्रम गरेको छ ।
पत्रकार महासंघ मोरङले हरेक वर्ष तिज कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा मोरङका पत्रिका, रेडियो, टिभी, अनलाईनमा क्रियाशिल महिला पत्रकारहरु लगायतको सहभागिता रहेको कार्यवहाक अध्यक्ष तारा आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लीलाबल्लभ घिमिरे, महासचिव विवेक गौतम लगायतको उपस्थिति रहेको थियो ।