बाँतर सरदार समाजको आयोजनामा लैंगिक हिंसा, लागु औषध र साईवर अपराध सम्बन्धि सचेतना कार्यक्रम

विराटनगर १४ साउन । सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा नेपाल बाँतर सरदार समाजले आयोजना गरेको सचेतना कार्यक्रम आईतबार सम्पन्न भएको छ ।

कटहरी–६ स्थित ढेलाखोकी टोलका युवा युवतीहरुलाई सजग गराउने उदेश्यले लैंगिक हिंसा, लागु औषध र साईवर अपराध सम्बन्धि सचेतना गराएको हो । सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विद्ययान्नद माझीले अहिले पनि लैंगिक हिंसा, लागु औषध कायमै रहेकोले यसलाई न्यूनीकरण गर्न विभिन्न क्लबहरुको गठन गरेर जनचेतना जगाउनु पर्नेमा उहाँले जोड दिनु भयो ।

कार्यक्रममा अध्यक्ष माझीले साईवर लागु औषध र अपराध अन्तरगर हुने फेसबुक, ट्युटर, लगायत अपराध बाट कसरी सुरक्षित रहने लगायतको प्रशिक्षण दिनुभएको थियो । युवाहरुलाई लागु औषध र साईवर अपराध तर्फ केन्द्रीत हुन नदिनका लागि यो कार्यक्रमको आयोजना गरेको संयोजक पन्नालाल सरदारले बताउनुभयो ।

कार्यक्रममा नेपाल बाँतर सरदार समाज कल्याणकारणीका केन्द्रीय अध्यक्ष मोहनलाल सरदार, सल्लाहाकार पृथ्वीलाल सरदार, केन्द्रीय सचिव शुभाष सरदार, केन्द्रीय सदस्य सोनेलाल सरदार, समाजसेवी सुकदेव सरदारलगायतले लैंगिक हिंसा, लागु औषध र साईवर अपराध न्यूनिकरण गर्नका लागि बाँतर जातिका युवाहरुमा सचेतना कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्तगनुृभयो । कार्यक्रममा बाँतर समुदायका २ सय भन्दा बढी मानिसहरु सहभागिता रहेको थियो ।