समाज सेवामा लायन्स क्लवकाे भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर १२ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लायन्स क्लबहरुले समाजसेवामा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ।

लायन्स क्लव विराटनगर सेन्टरको शनिबार आयोजित पदस्थापना कार्यक्रममा मुख्यमन्त्री कार्कीले क्लबले  समाजमा रहेका विकृति ,विसंगति र अन्धविश्वास प्रथालाई अन्त्य गर्नु पर्नेमा जोड   दिनुभयो ।

मुख्यमन्त्री कार्कीले राष्ट्रिय सार्वभौम ,नेपाल र नेपाली जनतालाई शिरमा राखी क्लवले गर्ने सामाजिक कार्यमा आगामी दिनमा थप मिलोस भन्ने शुभकामना दिनु भयो । उहाँले समाजमा लागु पदार्थ दुर्ब्यसन्को विकराल समस्या भएकोमा चिन्ता व्यक्त्त गर्दै यस कार्यबाट उनीहरुलाई मुक्त गर्न क्लवले काम गर्नु पर्ने   बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले मानव समुदायलाई सुसंस्कृत, अनुशसित एवं सुयोग्य पात्र बनाउने भूमिकामा हामीसबै लाग्नु पर्नेमा जोड दिनु भयो । उहाँले हरेक मानिसलाई आफ्नो , परिवार,समाज र राष्ट्रका लागि योगदान दिनु पर्छ भन्ने दायित्व वुझाउनु आवश्यक रहेको विचार राख्नु भयो ।

सो अवसरमा सन् २०२४-२५ का लागि सेन्टरका अध्यक्ष फडिन्द्र अधिकारीलाई पदस्थापन गरिएको थियो ।

सेन्टरले विगत २९ बर्षदेखि सामुदायिक विद्यालय, खानेपानी, जाडोमा गरीवलाई न्यानो कपडा वितरण, वाढी पीडितलाई सहयोग उपलव्ध गर्दै समाजसेबामा लागेको निवर्तमान अध्यक्ष बिमल नेपालले बताउनुभयो ।

कार्यक्रम लायन्सका गभर्नर विकास अधिकारीले लायन्सका विविध विषयमा चर्चा गर्नुभएको थियोे