एकल महिलाहरुले भने– आयस्तर उकास्न सरकारको सहयोग आवस्यक

विराटनगर, ९ असार । एकल महिलाहरुले आफुहरुको आयस्तर उकास्न सरकारले आवश्यक आयआर्जनका कार्यक्रमहरु ल्याउन माग गरेका छन् ।

आइतबार विधवा महिला र उनीहरुको बालबालिकाको सशक्तिकरणका लागि लैंगिक समानता भन्ने नारा सहित विराटनगरमा आयोजना गरिएको १४ औं अन्तर्रााट्र्रय एकल महिला दिवस कार्यक्रममा सहभागि एकल महिलाहरुले स्वभावैले पिडित र अपहेलित भईरहेको बेला राज्यले पनि आवश्यक सहयोग नगरेको उनिहरुले गुनासो गरेका छन् ।

एकल महिलाहरुले अहिले पनि विभिन्न कार्यालयमा जाँदा आफुहरु अपहेलित र अपमानित हुनुपरेकोले कानुनी रुपमा नै अधिकार दिन तथा सशक्तिकरणका कार्यक्रम ल्याउन आग्रह गरे । उनीहरुले एकल महिलाहरुलाई सशक्तिकरण गर्न संघ, प्रदेश र स्थानीय सरकारहरुले सहकार्य र समन्वय आवश्यक रहेको बताएका थिए ।

मानवअधिकारका लागि महिला एकल समूह मोरङले आयोजना गरेको सो कार्यक्रममा सहभागिहरुले एकल महिलाहरुलाई अधिकार सम्पन्न बनाउन आर्थिक रुपले सम्पन्न बनाउनु पर्ने धारणा राखेका थिए । सो कार्यक्रममा एकल महिलाहरु, प्रदेश सांसद, पालिकाका उपप्रमुखहरु, अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।