सरकार फेरिए पिच्छे नाम फेरिने अस्पताल, उद्घाटनमै लाखौं गुम्यो

चीना थापा
कोभिड १९ को महामारी फैलिएपछि तत्कालीन सरकारले २०७६ साल चैत ७ गते प्रदेश निर्देशन समितिको निर्णयअनुसार प्रदेश सरकारले ५० शैयाको कोशी अस्पताललाई कोभिड–१९ उपचार केन्द्र बनाएर सञ्चालनमा ल्याएको थियो ।उक्त समयमा जीवन घिमिरे सामाजिक विकास मन्त्री थिए । स्वास्थ्य क्षेत्र सामाजिक विकास मन्त्रालयले हेर्दै आएको थियो ।

कोरोना महामारीको बेला प्रदेश सरकारले करोडौं रकम खर्च गरेर नेशनल ट्रेडिङ लिमिटेडको पुरानो गोदाम घरमा पनि अस्पताल सञ्चालनमा ल्याएको थियो । कोभिड नियन्त्रण नहुँदै फेरि प्रदेश सरकारले कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रलाई प्रादेशिक प्रसूति तथा स्त्रीरोग अस्पतालमा विकास गर्ने प्रारम्भिक अध्ययनका लागि १२ लाख रुपैयाँ छुट्याइएको थियो ।

तत्कालीन सामाजिक विकास मन्त्री उषाकला राईको पालामा प्रसूति तथा स्त्रीरोग केन्द्र बनाउने तयारी भए पनि उनी मन्त्रीबाट हटेपछि सो योजना अलपत्र पर्यो । त्यति बेलाको सरकार ढलेपछि फेरि जयराम यादव स्वास्थ्यमन्त्री हुँदा संक्रामक रोग उपचार सघन केन्द्रको गुरुयोजनाका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

२०७९ सालभदौ ३१ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार असोज २ गते सो अस्पताललाई सङ्क्रामक रोग तथा सघन उपचार केन्द्रको नाममा सञ्चालनमा ल्याइएको थियो । सरकारले डाक्टर तथा चिकित्सकको दरबन्दी दिँदै विशेषज्ञ डाक्टर सहितको ओपीडी सेवासमेत सञ्चालनमाल्याएको थियो ।

अस्पताल सञ्चालनमाल्याए पनि बिरामीन आएको भन्दै कोशी प्रदेशका हालका मुख्यमन्त्रीकेदार कार्की नेतृत्वको सरकारले शैलैजा आचार्य हृदयरोग केन्द्रका रुपमा २०८० माघ ८ गते उद्घाटन गरेर आफ्नो एक सय दिनको उपलब्धिमा समावेश गर्यो ।

बनिरहेको अस्पताल मर्मतकालागि ५ करोड ५० लाख बजेट विनियोजन गरेको कोशीप्रदेश सरकारले उद्घाटनमा मात्र १० लाख रुपैयाँखर्च भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
कोभिड उपचार केन्द्र बनाउँदा १७५ जनाको दरबन्दी रहेकोमा पछि ६१ हुँदै अहिले सो अस्पतालमा ४२ जनाको दरबन्दी रहेको छ । दरबन्दीअनुसार अहिले कोहीपनि मुटुरोगसम्बन्धी विशेषज्ञ डाक्टर भने छैनन् । यसअघि उद्धव थापा मुख्यमन्त्रीभएका बेलात्यसलाई संक्रामकसँगै जलन अस्पताल सञ्चालनको योजना बनाएका थिए ।

मुख्यमन्त्रीकार्कीले प्रतिस्थापन विधेयकबाट चालू आर्थिक वर्षका लागि ल्याएको बजेटमार्फत शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालनको घोषणा गरेका थिए । स्वास्थ्य मन्त्रालय मुख्यमन्त्री कार्कीले आफैंसँग राखेका थिए । हाल प्रदीप सुनुवार स्वास्थ्यमन्त्री बनेका छन् । मन्त्री नै पिच्छे फरकफरक निर्णय गरेर एउटै ठाउँमा विभिन्न नाम दिँदै अस्पताल उद्घाटन गर्ने क्रम चलिरहेको छ ।

सरकार आएपिच्छे नीति परिवर्तन र प्राथमिकता परिवर्तन गरेर एकै ठाउँमा बर्षेनी नयाँ उपचार केन्द्र स्थापना हुनुलाई कर्मचारीहरुले अस्थिर सरकार हुँदाको परिणाम भएको बताएका छन् ।
मुख्यमन्त्री कार्कीले कोशीप्रदेशका हृदय रोगका बिरामीलाई उपचारमा संघीय सरकारको एक लाख र प्रदेश सरकारको एक लाख गरी दुई लाख सहयोग गरिने बताए । उनले अब कोशीसँगै मधेस प्रदेशका मुटु रोगीले उपचारकालागि काठमाडौं र भारतसम्म धाउनु पर्ने बाध्यताको अन्त्यभएको दाबी गरे । मुख्यमन्त्रीकार्कीले भने सार्वजनिक कार्यक्रमहरुमा यो उपचार केन्द्रले प्रदेश मात्र नभएर भारतका बिरामीलाई पनि सेवादिने भएकाले उपचार केन्द्र राम्रो हुने बताए ।

एकअर्बको उपकरण प्रयोगविहिन
दातृ निकायको सहयोग र सरकारको लगानीमा खरिद गरिएका उपकरण तथा सामग्रीलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुनै योजना प्रदेश सरकारले बनाएको छैन ।
कोशीप्रदेशको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका दुई अर्बभन्दा बढी मूल्यका स्वास्थ्य उपकरण थन्काएर हृदय रोग केन्द्र बनाइएको हो ।

कोभिड महामारीमा दातृ निकाय र नागरिक तहबाट दुईअर्बभन्दा बढीको लगानीमा कोशीकोभिड–१९ उपचार केन्द्र निर्माण गरिएको थियो । कोशीकोभिड उपचार केन्द्रलाई एक बर्ष अघि सङ्क्रमण रोग तथा सघन उपचार केन्द्रका रूपमा रूपान्तरण गरिएको थियो ।

नागरिक स्तरबाट संकलन भएको आर्थिक सहयोगबाट सङ्क्रमण रोग तथा सघन उपचार केन्द्र हाताभित्र रहेको उत्तर पट्टीको अस्पताल भवनमा ३६ वटा भेन्टिलेटर, २१ वटा आईसीयू , ४७ वटा एचडीयूको व्यवस्था गरिएको थियो । यससँगै दक्षिणतर्फ रहेको अर्को भवनमा स्वीस सरकारले ९६ शैयाको बेग्लै अस्पताल भवननिर्माण गरेर आवश्यकउपकरण उपलब्ध गराएको थियो ।
स्वीस सरकारले भवन निर्माणबाहेक १ सय ५० सिलिन्डर क्षमताका दुईवटा अक्सिजन प्लान्ट, फोहोर व्यवस्थापन, २१ ओटाआइसीयू, ४७ ओटा एचडीयू, मर्चरी र दुईवटा वाटर ट्रिटमेन्ट प्लान्टको व्यवस्था पनि गरिदिएको थियो । यो सगै स्वीस सरकारले भवनमा २१ वटा आइसीयू र ४७ वटा एचडीयूको व्यवस्था गरिएको थियो ।

नागरिक केयर सेन्टरका अध्यक्ष पवन सारडा सरकार परिवर्तनसंगै अस्पतालबाट प्रभावकारी सेवाप्रदान गर्ने भन्दापनि नाम परिवर्तन गर्ने दौडमा सरकार लागेको आरोप लगाउँछन् । राजनीतिक स्वार्थकाकारण लाखौं रकम त सरकारले एउटै अस्पताल फरक नाममा उद्घाटन गर्दैमा सकेको भन्दै उनले राजस्वको दुरुपयोग भइरहेको बताए ।

स्वास्थ्य संस्थालाई राजनीतिकरण गलत

जनस्वास्थ्य विज्ञहरु नयाँमन्त्री आएपिच्छे नीति र प्राथमिकता परिवर्तन गरेर एकै ठाउँमा बर्षेनीनयाँउपचार केन्द्र स्थापनाहुनुलाई अस्थिर सरकार हुँदाको परिणाम भएको बताउँछन ्। यसअघि एउटा रोगको उपचार भइरहेको ठाउँमा त्यसलाई अर्कोमा रुपान्तरण गर्नु गलतभएको उनीहरुको भनाइ छ । जनस्वास्थ्य विज्ञ डा. नवराज सुब्बा सरुवा रोगको उपचार हुने गरी धेरैखर्च गरिसकेको अवस्थामाअ र्को अस्पताल सञ्चालनगर्दा फेरि सरुवा रोगको प्रकोप फैलिएमापुनः सञ्चालनगर्न समस्याहुने बताउँछन् ।

सरुवा रोगको प्रकोपको उच्चजोखिममा रहेको हाम्रोजस्तो देशमा सरकारी स्तरमा रहेको अस्पताललाई सोही रूपमा अध्यावधिक र संरक्षण गरेर राख्नुपर्ने आवश्यकता रहेको उनको बुझाइ छ । ‘प्रकोप फैलिएको खण्डमा त्यस्तै संरचनापुनःबनाउनगाह्रो हुन्छ। जोगाएर राख्नुपर्ने बेलामा रुपान्तरण गर्नु जनस्वास्थ्यको दृष्टिकोणले बुद्धिमानी हैन’उनी भन्छन् ।

पहिले सर्ने रोगको उपचार गराउने गरी संरचना तयार गरेको ठाउँलाई नसर्ने रोगको उपचार केन्द्र बनाउँदा उपयुक्त नहुने उनको तर्क छ । अब नसर्ने रोगको उपचार हुनथालेपछि लाखौं रूपैयाँमाजोडिएका पहिलेकाबेड के गरिन्छभन्ने प्रश्न उठेको छ । ‘हृदयरोग उपचार केन्द्र सञ्चालनसँगै अब एक बिरामीबाट अर्कोमा संक्रमण सर्न नदिने ‘एन्टीप्रेसर’ बेडको उपयोगिता सकियो । मुटु रोगका बिरामीको उपचार गराउँदात्यस्ता बेड प्रयोगमा आउँदैनन्,’ अस्पतालका एक कर्मचारी भन्छन् ।