विराटनगर २४ चैत । चौधरी फाउण्डेशनले मोरङको रङ्गेली–३ बाबुसाहेव टोलको सन्थाल वस्तीका आगलागी पिडीतहरुलाई ५० हजार बरावरको खाद्यन्नका सामग्री र स्टेशनरीका सामग्री हस्तान्तरण गरेको छ ।
रंगेली–३ स्थित सन्थाल वस्तीमा पुगेर चौधरी फाउण्डेशनले आगलागी पिडीत बालबालिकाहरुका लागि राहत स्वरुप खाद्यान्नका सामग्री र स्टेशनरीका सामग्री उपलब्ध गराएको हो । रङ्गेली–३ बाबुसाहेव टोलमा २३ वटा घरका २८ जना परिवार वस्दै आएका थिए ।
गत चैत्र ३ गते शनिबार दिउँसो अढाई बजेतिर सुरु भएको आगलागीले घर जलेर नष्ट भएको थियो । टोलमा सन्थाल समूदायका बाक्ला घर थिए । पश्चिमबाट हावा पनि लागिरहेकोले आगो समयमा नियन्त्रण गर्न नसकेको कारण वस्ती नै सखाप भएको स्थानीयहरुले जनाएका छन् । मानवीय सेवा गर्ने उदेश्यले चौधरी फाउण्डेशनले मोरङले बालबालिकाहरुका लागि राहत स्वरुप खाद्यान्नका सामग्री र स्टेशनरीका सामग्री उपलब्ध गराएको चौधरी फाउण्डेशन कोशी प्रदेशका प्रमुख रबिन्द्र मास्केले बताउनुभयो ।
मानवीय सेवाका भावले अन्य मनकारीहरुलाई पनि अझ सहयोग जुटाउन उहाँले सवैमा आग्रहगर्नुभयो । संस्थाले विगतका दिनहरुमा पनि निरन्तर जाडोको समयमा अति विपन्नहरुको पहिचान गरेर न्यानो कपडा र राहत स्वरुप खाद्यान्न उपलब्ध गराउँदै आइरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा चौधरी गुरुपका सेलस प्रमुख मीलन राना, एरिया सेलस म्यानेजर राजकुमार श्रेष्ठ, र रंगेली नगरापालिका वडा नंः ३ का वडाअध्यक्ष भरत प्रसाईलगायतले खाद्यान्नका सामग्री वितरण गर्नुभएको थियो । आगलागीबाट २ करोड ५ लाख, ६७ हजार रुपैयाँ बाराबरको क्षतिभएको रंगेली इलाका प्रहरीले कार्यालय मोरङले जनाएको छ ।