विराटनगर २९ फागुन । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विभागीय टिम आर्मी र वागमती प्रदेश विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको पहिलो खेलमा आर्मीले घरेलु टोली कोशी प्रदेशलाई ५ विकेटले पराजित गर्यो ।
आर्मीसँग पराजित भएको कोशी प्रतियोगिताबाट बाहिरिएको छ । समुह ए मा ४ खेल खेलेको कोशीले १ मा जित र ३ खेलमा पराजित भएको छ । कोशी २ अंकका साथ तेस्रो स्थानमा रहेको छ भने आर्मीले लगातार ३ खेलमा जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
आर्मी ६ अंकका साथमा शिर्ष स्थानमा पुगेको छ । आर्मीले अव एपिएफसँग बुधबार दिउँसो लिगको अन्तिम खेल खेल्ने छ । सवै ४ खेलेको कर्णालीले २ मा जित र २ मा पराजित भए पछि ४ अंककासाथ दोस्रो स्थानमा रहेको छ भने २ खेलमा १ मा जित र १ मा पराजित भएको एपिएफ २ अंकका साथ तालिकामा चौथो स्थानमा रहेको छ । टस हारेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ३५ रनको योगफल तयार पारेको थियो ।
जवाफमा १ सय ३६ रनको लक्ष्य पछ्याएको आर्मीले १८ दशमलव ४ बलमा ५ विकेट गुमाई लक्ष्य पार गरेको थियो । दोस्रो खेलमा प्रतियोगिताबाट बाहिरि सकेको वागमती प्रदेशले गण्डकी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ ।
जितसँगै वागमती समुह वि मा ३ खेलमा १ मा जित र २ मा पराजित हुँदै २ अंकको साथ तस्रो स्थानमा उक्लिएको छ भने गण्डकीले खेलेको चारै खेलमा पराजित अंक विहिन भएर घर फर्किएको छ । टस जितेर ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ५० रनको स्कोर बनाएको थियो ।
जवाफमा १ सय ५१ रनको लक्ष्य पाएको वागमतीले १९ दशमलव २ बलमा ६ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । बुधबारको पहिलो खेल पुलिस र लुम्बिनी तथा दोस्रो खेल दुई विभागिय टोली आर्मी र एपिएफविच खेल हुने छ ।