विराटनगर ८ फागुन । पछिल्लो समय होटलहरुको फोहोर व्यवस्थापन चुनौतिपूर्ण हुँदै गएको छ । होटलको फोहोर व्यवस्थापन, सरसफाई र कामदारहरुको व्यक्तिगत सरसफाई चुनौतिपूर्ण हुँदै गएको अनुगमनका क्रममा पाईएको छ ।
खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले होटल रेस्टुरेन्टहरुको अनुगमनका क्रममा फोहोर व्यवस्थापन चुनौतिपूर्ण देखिएको कार्यालयका खाध्य अनुसन्धान अधिकृत दिनेश सुवेदीले बताउनुभयो । खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले सोमबार विराटनगरमा आयोजित प्रदेश स्तरिय खाध्य स्वच्छता तथा गुणस्तर स्म्वन्धी गोष्ठिका उहाँले होटलहरुमा विशेषगरि मिसावट, तेलजन्य समस्या , रङको प्रयोग र सुक्ष्मजीवको समस्या देखिएको बताउनुभयो । होटलहरु व्यस्त सडको नजिक हुनेहुँदा धुलो, धुँवाको समस्या पाईएको सुवेदीको भनाई छ । नेपालमा यकिन तथ्यांक नभएपनी हजारौंको ज्यान जाने गरेको बताउनु भयो ।
आव २०७९–८० मा खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागले गरेको प्रयोगशाला परिक्षणमा क्रममा २ हजार ८८१ नमूना परीक्षण भएकोमा १९८ अर्थात ६ दशमलव ८७ मा तोकिएको मापदण्ड नपाईएको उहाँले बताउनुभयो । खाध्य अनुसन्धान अधिकृत सुवेदीले खाध्यान्नको दलहन तर्फ ४७ वटा र प्रशोधिन पिउनेपानी १२१ थान मुद्धाहरु जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयहरुमा दर्ता भएको जानकारी दिनुभयो । उहाँका अनुसार ८५ वटा खाध्य आयात कन्साईमेन्ट अस्वीकृत गरिएको छ । चालु आवको ६ महिनामा १७ वटा न्युनस्तर /दुषित खाध्य पदार्थ उत्पादन गर्ने उद्योग विरुद्ध मोरङमा मुद्धा दायर गरिएको खाध्य अनुसन्धान अधिकृत दिनेश सुवेदीले बताउनुभयो । खाध्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय विराटनगरले खाध्य– दाना उद्योग सिफारिस, अनुज्ञा पत्र जारी, नविकरण, बजार, उद्योग, संयुक्त तथा एकल अनुगमन, प्रयोगशाला सेवा, तालिमहरु दिदै आएको खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख विजय खनालले जानकारी दिनुभयो ।
प्रादेशिक गोष्ठिमा कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.लेखराज दाहाल, खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख विजय खनाल, १४ वटै जिल्लाका साना तथा घरेलु उद्योग कार्यालयका प्रमुख तथा प्रनिधिहरुको सहभागिता रहेको थियो ।