विराटनगर ४ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले देशको अर्थतन्त्र सुदृढ र समृद्धिका लागि सबै राजनीतिक शक्तिहरुले सहमतीका साथ अगाडि वढ्नु पर्ने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा विहीबार सञ्चारकर्मीहरुसंग संक्षिप्त कुराकानी गर्दै उहाँले राष्ट्र निर्माण गर्ने साझा सवालमा दलवीच सहमती जरुरी हुन्छ र त्यो ढङ्गले योजना निर्माण गरि कार्यान्वयन हुनु पर्नेमा जोड दिनु भयो । सभामुख घिमिरेले व्यवस्थाप्रति वितृष्णा जगाउने खेल्ने कोशिसहरुलाई सामना गर्नका लागि राजनीतिक दल एवं सम्पूर्ण नागरिकहरुले एकतावद्ध भएर अर्थतन्त्र निर्माण गर्ने,आर्थिक समृद्धि हासिल गर्ने र वृतिष्णालाई हल गर्दै जानु पर्ने सुझाव दिनु भयो । ‘संसदले मुलुकको अर्थतन्त्र चलामान बनाउन आफ्नो कार्यविधि अन्तर्गत आर्थिक गतिविधिको सर्वेक्षण गर्ने, कस्ता योजना बनाउने जस्ता कुरा गर्दै उहाँले भन्नु भयो ।’
सभामुख घिमिरेले विगत एक वर्षको संसदको अनुभवको आधारमा संसदलाई गतिशिल बनाएर लग्ने बताउँदै विजनेशहरु संसदको समितिमा छलफलमा टुङ्गीए पछि सदनमा आउने धारणा राख्नु भयो । सभामुख घिमिरेले सरकारले यस वर्ष ६१ बटा विधेयक दिने तयारी गरेको सुनिएका छ भन्दै ती आएसँग छलफल भइरहने हुनाले संसदलाई विजनेशको खाँचो नहुने प्रष्ट पार्नु भयो ।