विराटनगर १६ माघ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आफूलाई समर्थन गर्ने दलका नेताहरूलाई गाडी सुविधा दिन अध्यादेश ल्याएकोमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले असन्तुष्टि जनाउनु भएको छ ।
मुलुकको अर्थतन्त्र चरम संकटमा परेको अवस्थामा सांसदहरुलाई सेवा सुविधा थपगर्ने कुराले नेपाली कांग्रेसका साथीहरुलाई पिडावोध गराएको उहाको भनाई थियो । समुदायमा कांग्रेस अभियानको विराटनगरमा आज सुरुवात गर्दै नेता कोइरालाले शहीदको अवमूल्यन हुने काम प्रधानमन्त्री पुष्पकमल दाहालबाट भएको बताउनुभयो । हामीले शहीदहरुलाई अवमूल्यन गर्ने काम गर्नु नहुने उहाँको भनाई छ ।
डा. कोइरालाले देशमा ‘इकोनोमिक क्राइसिस’ सँगै ‘इकोनोमिक क्राइम’ पनि बढिरहेको बताउनुभयो । ‘फाइनान्सीयल क्राइसिस’ र ‘फाइनान्सीयल क्राइम’ले अरू देशका सामु मुलुकको बेइज्जत भएको उहाँको भनाई छ । नेपाली कांग्रेसको वलियो पक्ष नेपाली जनता भएकाले जजनताको माझमा गएर उनिहरुको दुःख सुःख वुझ्न उहाले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । जनताले भोट दिएकै कारण आफुहरु यो ठाउमा पुगेकाले जनताको पिरमर्का हटाउने जिम्मेवारीपनि आफ्नै भएको उहाँले बताउनुभयो ।
सहभागिहरुको गुनासाहरु सुन्नुहुदै नेता कोइरालालाले विराटनगरको सिंगिया खोलामा अस्थाई तटवन्धका लागि प्रदेश सरकारले वजेट छुटयाई सकेको वताउनुभयो । विराटनगरवासीलाई स्वच्छ खानेपानी उपलव्ध गराउन जाइकाले काम अघि वढाई सकेको उहाँले वताउनुभयो ।