कटुवाल होटलको सेवा २६ वर्षपछि विराटनगरमा

विराटनगर १५ माघ । सुनसरीको इटहरीमा २६ वर्षअघि देखि सञ्चालनमा रहेको कट्वाल होटलले विराटनगरमा पनि सेवा विस्तार गरेको छ ।

विराटनगर ४ खार्जी चोक धरान रोडमा आजदेखि सेवा सञ्चालनमा आएको होटलको कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले उद्घाटन गर्नुभएको थियो । मन्त्री उप्रेतीले नेपाली खाना र गुणस्तरलाई विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले आन्तरिक पर्यटकसँगै बाह्य पर्यटकहरुलार्य पनि आकर्षित गर्ने गरि खानाको परिकारहरुको सेवा दिन सके व्यवसायले सफलता पाउने बताउनुभयो ।

२०५४ सालमा इटहरीमा सामान्य रुपमा शुरु होटल शुरु गरिएको सञ्चालक मणिन्द्रबहादुर कटुवालले बताउनुभयो । इटहरीमा होटेल शुरु गरेको दिनको सम्झनामा २६ औं बार्षिकोत्सवको अवसरमा विराटनगरमा पनि सेवा विस्तार गरेको उहाँले बताउनुभयो । कटुवालले भन्नुभयो,‘ ताजा र शुद्धतानै हाम्रो विशेषता हो ।’

नेपाली खाना, खसीको मासुको विशेष परिकार, म : म : देखि पिजा सम्मको सेवा विराटनगरमा उपलब्ध हुने उहाँले बताउनुभयो । विराटनगरमा सेवा शुरुवात गर्नका लागि ३५ लाख रुपैयाँ लगानी गरिएको उहाँले बताउनुभयो । इटहरी र विराटनगरमा १६ जनालाई रोजगारी दिएको सञ्चालक कटुवालले जानकारी दिनुभयो ।