विराटनगर ७ पुस । मानव बेचबिखन तथा ओसार पसार विरुद्धको अभियानलाई प्रभाकारी बनाउन मोरङका पालिकाहरूमा ओसार पसार विरुद्धको समिति गठन हुन थालेको छ ।
माइती नेपाल विराटनगर कार्यालयले मोरङ लेटाङ नगरापालिका, सुन्दरहरैचा नगरपालिका, केराबारी गाउँपालिका र जहदा गाउँपालिकामा पालिका स्तरीय समिति गठन गरेको माइती नेपाल मोरङका संयोजक विनोद पोख्रेलले बताउनुभयो । उहाँका अनुसार मानव बेचबिखन विरुद्धको काम प्रभावकारी बनाउन वडा तह सम्म समिति गठनको तयारी छ । समितिमा मानव अधिकार क्षेत्रमा काम गर्ने सामाजिक सङ्घ संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवा, जनप्रतिनिधि, शिक्षक, प्रहरी र बाल क्लबका सदस्य समेत आबद्ध छन् ।
अभियान अन्र्तगत पछिल्लो पटक विराटनगर महानगरपालिका वडा नम्बर ८ मानव बेचबिखन तथा ओसार पसार विरुद्धको सञ्जाल समिति गठन गरिएको छ । वडाध्यक्ष राम पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मी आचार्यको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको छ । समिति सचिवमा भुवन राजवंशी रहेको माइती नेपालका काउन्सीलर गीताञ्जली शर्माले बताउनुभयो । समिति गठनले वडा तहमा महिला तथा बालिबालिका माथि हुने हिंसा र विभेद घटाउन मद्दत पुग्ने वडाध्यक्ष पोख्रेलले बताउनुभयो ।