विराटनगर, ७ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेस धरान उपमहानगर समितिले प्रमुखमा ९ जनाको नाम सिफारिस गरेको छ ।
नगर प्रमुखमा बहालवाला प्रमुख तिलक राई, प्रदेश महामन्त्री उमेश थापा, सुनसरी क्षेत्र नं १ का सभापति सुजेन्द्र तामाङ, महासमिति सदस्य पर्वत राई, जिल्ला सदस्य किशोर राई, महासमिति सदस्य श्याम रेग्मी, क्षेत्र १ (२) का सदस्य अजय राई, दलित संघ प्रदेश १ सभापति गोविन्द दर्नाल र पूर्वमहाधिवेशन प्रतिनिधि मिनापुलामीको नाम सिफारिस भएको धरान उपमहानगर समितिले जनाएको छ ।
धरानको उपप्रमुखका लागि उर्मिला प्रधान, शिला वज्राचार्य, निलकुमारी थापा गिरी, कुसुम ओली आचार्य, निर्मला शाक्य, मनिता घिमिरे, हिमाल राई, झुमा राई, सन्तोष बिक र कोपिला भट्टराईको नाम सिफारिस भएको नगर समितिले जनाएको छ ।
नेकपा एमाले यसअघि धरानको प्रमुखमा ११ जना र उपप्रमुखमा ६ जना आकांक्षीहरूको नाम सिफारिस गरेको थियो ।
पूर्व नगर प्रमुख मनोजकुमार मन्याङ्बो, बहालवाला उपप्रमुख मञ्जु भण्डारी सुबेदी, विजयकुमार राई, मोतीराज सुनुवार, किशोरकुमार कार्की, मीनकुमार सुब्बा, नारायणप्रसाद सुबेदी, राजमणि निरौला, तीर्थ मास्के, दोर्पध्वज राई र प्रकाश राईको नाम सिफारिस गरेको थियो ।
उपप्रमुखमा सविता चाम्लिङ राई, सुशीला पहाडी, लहरुमाया जिमी, पदमप्रसाद लिम्बु, इन्द्रकला राई र लीला राईको नाम सिफारिस भएको एमाले धरान नगर कमिटीका सचिव सुदेश चापागाईँले बताए ।