
विराटनगर २० मंसिर । विराटनगर ७ को सातघुम्तीमा रहेको कबाडी गोदाममा आज भएको आगलागीमा घाइते भएका चार जनालाई नेपाली सेनाको स्काइ ट्रक मार्फत थप उपचारका लागि काठमाडौं कीर्तिपुर वर्न सेन्टर लगिएको छ ।
आगलागीमा परि घाईते भएका ५५ वर्षीया रिता सरदार, ६० वर्षीया सुशीला पासवान, ५८ वर्षीय किशोर पासवान र ३० वर्षीया पिंकी कामतलाई थप उपचारका लागि काठमाडौं लगिएको मोरङ प्रहरी प्रहरी प्रमुख दिपक पोखरेलले बताउनुभयो ।
सो आगलागीमा २ जनाको मृत्यु भएको छ ।