विराटनगर २१ कात्तिक । स्वास्थ्य कार्यालय मोरङले आर्थिक वर्ष २०७९–०८० को बार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । मोरङको सुन्दरहरैचामा कात्तिक १९ र २० गते गरि २ दिन बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीको आयोजना गरिएको हो ।
स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख अजम्वर राई, स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका सचिव डा. सुधा देवकोटा, सहयोगी संस्थाका प्रमुख तथा प्रतिनिधि, १७ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आ.व. २०७९–०८० मा सञ्चालित स्वास्थ कार्यक्रमहरुको वार्षिक प्रगति समिक्षा गरिएको स्वास्थ्य कार्यालय मोरङका अधिकृत शेखर यादवले जानकारी दिनुभयो ।