राजनीतिक अस्थिरताको बिजारोपण कांग्रेसले गरेको मुख्यमन्त्री कार्कीको आरोप

विराटनगर २५ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्य राजनीतिक अस्थिरताको बिजारोपण नेपाली कांग्रेसले गरेको आरोप लगाउनु भएको छ ।

आज विराटनगरमा जर्नादन मैनाली स्मृती पत्रकारीता पुरस्कार समर्पण समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको राजनीतिक संकट समाधान कांग्रेसले गर्न सक्ने भए पनि गर्न नचाहिरहेको बताउनु भएको हो ।

कार्कीले कोशी प्रदेश सरकारको निर्माण उपधारा ५ को चरणमा दलहरूलाई उपेक्षा गर्ने अवस्थामा पुगेको भन्दै अवस्थामा सम्पूर्ण जिम्मेवारी नेपाली कांग्रेसको रहेको बताउनु भएको थियो । कार्कीले प्रदेशमा कांग्रेस र नेकपा माओवादी केन्द्र दुवै दल संस्थागत रूपमा एमाले सँग सहकार्य गर्न आए निसर्त समर्थन गर्ने समेत बताउनु भएको थियो ।

कार्कीले देशमा माओवादीको नेतृत्वको सरकारले इजरायलमा रहेको नेपालीको उद्दार गर्न नसकेको र मृत नेपालीको शव समेत यत्रो दिन भित्र ल्याउन नसेकेको भन्दै आलोचना समेत गर्नु भएको थियो ।