दिगो विकास लक्ष्य पूरा गर्ने सिटिनेटको प्रतिबद्धता

विराटनगर, २१ भदौ । सिटिनेट नेपाल राष्ट्रिय अध्यायको वार्षिक साधारण सभा एवं अधिवेशन–२०८०ले सदस्य पालिकाहरुको सहकार्यबाट दिगो विकास लक्ष्य २०३० पूरा हुने विश्वास गरिएको छ । आज विराटनगरमा सम्पत्र अधिवेशनले पालिकाहरुको प्रविधियुक्त्त, सुरक्षित तथा प्रभवाकारी सहरी विकास प्रणालीको प्रवद्र्धन, फोहोरमैला व्यवस्थापन र गुणस्तरीय विकास व्यवस्थापन तथा कार्यान्वयनमा पनि सहकार्यक उपलब्धीमूलक रहने प्रतिवद्धता लिएको छ ।

स्थानीय विपद् जोखिम न्यूनीकरण तालिम तथा अनुसन्धान केन्द्रको स्थापनाका लागि हेटौडा उपमहानगरपालिकाले जग्गा प्रदान गर्ने तथा सम्पूर्ण सदस्यहरुको सहकार्यमा कार्य सम्पत्र गरी सञ्चालन गर्ने, सिटिनेटको दशौँ अधिवेशन नेपालको पोखरा महानगरपालिकामा आयोजना गर्ने तयारीका लागि एउटा समिति बनाएर काम अगाडि बढाउने अधिवेशनबाट निर्णय भएको छ । विधान समेत पारित गरेको सिटिनेटमा आवद्ध पालिका तथा सहयात्रीहरुको वार्षिक शुल्क निर्धारण गर्नुका साथै बैठकले नयाँ कार्य समिति चयन गरेको छ ।

सो समितिमा विराटनगर महानगरपालिका अध्यक्ष, बुटबल उपमहानगरपालिका उपाध्यक्ष, तानसेन नगरपालिका महासचिव, भीमदत नगरपालिका कोषाध्यक्ष तथा पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका, वीरगञ्ज महानगरपालिका, वीरेन्द्रनगर नगरपालिका, जीतपुर सिमरा उपमहानगरपालिका, इन्सेक, ललितपुर महानगरपालिका, भूकम्प प्रविधि समाज नेपाल र हेटौडा उपमहानगरपालिका सदस्य छन् । विश्वमा बढ्दो सहरीकरण एवं जनसङ्ख्या वृद्धिको नकारात्मक असरलाई मध्य नगर गरी एशिया तथा प्रशान्त क्षेत्रका सहरी विकास सम्बन्धी संस्थाहरुको सञ्जालको नेतृत्व गर्न सन् १९८७ मा सिटिनेट नामक अन्तरष्ट्रिय संस्थाको स्थापना भएको सिटिनेटको पूर्व अध्यक्ष मीनाकुमारी लामाले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

हालसम्म यो सञ्जालले १३५ भन्दा बढी नगरपालिका, गैरसरकारी संस्था, निजी कम्पनीहरु र अनुसन्धान केन्द्रहरु समेटेको छ भने स्थानीय तहबीचको परम्पर सहयोग, सहरी व्यवस्थापनको व्यवहारिक अनुभव आदानप्रदान तथा सिकाईको आधारमा आपसी सम्बन्धमा अभिवृद्धि गर्न थप अग्रसरता, दिगो विकास गर्ने हेतुले २०५८ साल साउन २७ गते सिटिनेट अन्तर्राष्ट्रिष्य संस्थाको नेपाल च्यापटरको रुपमा सिटिनेट नेपाल राष्ट्रिय च्याप्टर स्थापना भएको पूर्वअध्यक्ष लामाले जानकारी दिनुभयो ।