कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति सर्वोच्चद्धारा बदर ( पूर्णपाठ सहित)

काठमाडौं ११ साउन । सर्वाेच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ ।

बिहीबार सर्वाेच्च अदालतका न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको इजलासले मुख्यमन्त्री थापाको मुख्यमन्त्री नियुक्ति बदर गर्ने आदेश दिएको हो ।

थापालाई मुख्यमन्त्री नियुक्तिका लागि सभामुख बाबुराम गौतमले हस्ताक्षर गरी समर्थन गर्नु त्रुटीपूर्ण भएको भन्दै सर्वाेच्चले सो त्रुटीपूर्ण दाबीपत्रलाई मान्यता दिई प्रदेश प्रमुखबाट उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्नु नेपालको संविधान प्रतिकुल देखिएकाले उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहरेको बताएको छ ।

मुख्यमन्त्री नियुक्तिको सन्दर्भमा रिट निवेदन कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले हाल्नुभएको थियो ।