
विराटनगर १८ असार । कोशीका प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आव्हान गरेका छन् ।
संविधानको धारा १६८ को उपधारा (२) अन्तगत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनका लागि उनले आव्हान गरेका हुन् । दावी पेश गर्नका लागि असार २१ गते साँझ ५ बजेसम्मको समय दिएका छन् ।
प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको सरकारले गत शुक्रबार विश्वासको मत पाउन सकेको थिएन । प्रदेश प्रमुखबाट सरकार गठनको आव्हान भएसँगै एमाले, काँग्रेस, माओवादीलगायतका दलहरु आफ्नै दलको नेतृत्वमा सरकार बनाउने तयारीमा लागेका छन् ।