महिलाको अधिकार कुण्ठित नगर : डा.तुम्बाहाम्फे

विराटनगर, २९ चैत । एमाले स्थायी कमिटी सदस्य डा.शिवमाया तुम्बाहाम्फेले चुनावी तालमेलमा नाउँमा महिलाको अधिकार कुण्ठित नगर्न आग्रह गर्नुभएको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा प्रमुख र उपप्रमुखमा पुरुषै पुरुष उम्मेदवार उठाउन सक्ने सम्भावना बढेको भन्दै महिलाको अधिकारलाई कुण्ठित नगर्न आग्रह गर्नुभएको हो ।

मंगलबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलन डा. तुम्वहाम्फेले संविधानको धारा ३८ (४) मा राज्यका हरेक निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ भनि व्यवस्था भएको र राजनीतिक दल सम्बन्धि ऐनमा पनि महिलाको हक सुनिश्चित भएकोले गठबन्धनका नाममा महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउने कुराबाट नरोक्न आग्रह गर्नुभयो ।

एमालेभित्रै पनि महिलाको थप सहभागीताको पक्षमा लड्दै आएको बताउनुभयो ।